संगठन विस्तारसँगै स्थानीय निर्वाचनमा होमियो राप्रपा नेपाल
गत फागुन ७ गते घोषणासभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधिको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ ।
पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरूबीच आज सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिएका थिए । सम्बर्धनवादको वैचारिक धरातलमा सबै धर्मका बिचमा सद्भाव, सहअस्तित्व, समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउने प्रमुख लक्ष लिएर अघि बढेको राप्रपा नेपालले नजिकिएको स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशदेखि स्थानीय तहसम्म प्रशिक्षण, अन्तरक्रिया र घरदैलो कार्यक्रम तत्काल सुरु गर्ने जानकारी दिँदै बैठकका सहभागीहरुलाई अध्यक्ष थापाले पार्टीका गतिविधिहरुलाई जनस्तरसम्म पु¥याउन निर्देशन दिएका थिए ।
स्थानीय निकायको निर्वाचनमा सम्भावना भएका स्थानीय तह, वडाहरूको पहिचान गरेर सोही अनुसार निर्वाचनका गतिविधि सञ्चालन गर्न र अन्य राजनीतिक दलहरूसँग सकारात्मक चुनावी तालमेलको पहिचान गरि केन्द्रीय सचिवालयलाई जानकारी दिन समेत अध्यक्ष थापाले बैठकका सहभागीहरुलाई निर्देश गरेका थिए । छोटो समयमा नै भातृ संगठनहरुको केन्द्रीय संरचना निर्माण गर्न सफल राप्रपा नेपालले २ वटा प्रदेशमा प्रदेश कार्य समिति, २ दर्जन जिल्लामा जिल्ला कार्य समिति निर्माण गरिसकेको छ भने चैत्र महिनाभित्रै पार्टीका हरेक संरचनालाई स्थानीय तहसम्म पु¥याउने आक्रमक योजना अगाडि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म