पाल्पाको होटलमा एक युवक मृत फेला
बुधबार, ०२ चैत २०७८, १७ : ३०
पाल्पाको होटलमा एक युवक मृत फेला परेका छन् । बुधबार विहान निस्दी गाउँपालिका–७ सातमुरेस्थित खुमन रानाले सञ्चालन गरेको न्यू सोनिया होटलमा सोही वडा पोखराछापका ३५ वर्षीय पदम आले मृत फेला परेका हुन् ।
मृतकका होेटल सञ्चालक राना आफ्नै भिनाजु भएको बताइएको छ । विहान साढे ९ बजेको समयमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।
रुक्सेभञ्ज्यााङ्ग प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घटना स्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि ल्याइएको पाल्पाका सुचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
-
१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा
-
सनम तेरी कसम–२ बनाउने तयारी
-
दक्षिण कोरियामा शिक्षिकाद्वारा ८ वर्षीया बालिकाको हत्या
-
खेतबारीमा आएका बाँदर र बँदेल लखेट्दा मरेको खण्डमा कानुनी कारबाही हुन्छ ?