शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको होटलमा एक युवक मृत फेला

बुधबार, ०२ चैत २०७८, १७ : ३०
बुधबार, ०२ चैत २०७८

पाल्पाको होटलमा एक युवक मृत फेला परेका छन् । बुधबार विहान निस्दी गाउँपालिका–७ सातमुरेस्थित खुमन रानाले सञ्चालन गरेको न्यू सोनिया होटलमा सोही वडा पोखराछापका ३५ वर्षीय पदम आले मृत फेला परेका हुन् ।

मृतकका होेटल सञ्चालक  राना आफ्नै भिनाजु भएको बताइएको छ ।  विहान साढे ९ बजेको समयमा उनी मृत फेला परेको  प्रहरीले जनाएको छ ।  

रुक्सेभञ्ज्यााङ्ग प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घटना स्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि ल्याइएको पाल्पाका सुचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप