बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले संसदीय दलको बैठक जारी

बुधबार, ०२ चैत २०७८, ०७ : ००
बुधबार, ०२ चैत २०७८

एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । 

नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ । बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप