आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ

बुधबार, ०२ चैत २०७८, १६ : ५२
बुधबार, ०२ चैत २०७८

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले सिंहलाई “बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५” अनुसार शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको गत फागुन २९ गते भएको ३३ औँ वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनर्निर्वाचित भएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप