माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल चयन
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकार, सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चयन भएका छन् । यस्तै कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् ।
अध्यक्ष बराल गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन् । लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै नेता वर्षमान पुनले अब लुम्बिनी प्रदेश (माओवादी केन्द्र) को आधार इलाका भएको बताउँदै आगामी निर्वाचनमा पनि माओवादी केन्द्रको आधार इलाका रुपमा विजय बनाउनका लागि एक ढिक्का भएर लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।
उक्त बैठकमा लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज चक्रपाणि खनाल (बलदेव), मुख्यमन्त्री एवं लुम्बिनी प्रदेश सहइन्चार्ज कुलप्रसाद केसी लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण