केपी ओली प्रतिक्रान्तिका खलनायक भए : प्रचण्ड
बुधबार, ०२ चैत २०७८, ०९ : ००

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिक्रान्तिको खलनायक भएको बताएका छन् । बलियो कम्युनिस्ट पार्टी बनाउन आफूहरुले एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि ओलीको कार्यशैलीले एकता टिक्न नसकेको प्रचण्डको भनाइ छ ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले पार्टी विभाजित हुनु दुर्भाग्य भएको बताए । ‘पार्टी एकता प्रक्रियाले पूर्णता पाउँदा नपाउँदै पार्टी लिडरसिपमा, जसलाई हामीले नायक बनाउन सकिएला कि भनेर केपी ओलीलाई प्रधानमन्त्री बनाएका थियौँ । उनी नै प्रतिक्रान्तिका खलनायक भए’ प्रचण्डले भने । यो पार्टीका लागि दुर्घटना र चिन्ताको विषय भएको पनि प्रचण्डले बताए ।
समाजवाद निर्माण गर्ने नेपाली जनताको सपनामा ओलीको चरित्रका कारण चकनाचुर भएको प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ सालका यी हुन् उत्कृष्ट ५ फिल्मी गीत, कसको कति भ्युज ?
-
तीनकुनेको घरमा आगजनी गर्ने दुई जना पक्राउ
-
रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि छलफल जारी
-
२०८१ चर्चित ५ गीत : ‘म त ढलेँ ढलेँ’ र ‘दुश्मन हेरेको हेर्यै’ ततायो बजार
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउनेगरी भएको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा रिट