निगमले भन्यो - पेट्रोलियमको मूल्य जुटाउन कठिन भयो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य जुटाउन कठिन रहेको जनाएको छ । भारतीय आयल निगमले नयाँ मूल्य वृद्धि भएको सूची पठाएपछि निगमले यस्तो बताएको हो ।
निगमले भनेको छ, ‘निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरु सबै पेट्रोलियम पदार्थको खरिद सकिएपछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरिकरण कोष तथा इन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम भुक्तानी गरिएको छ । हाल निगमको विकास निमार्णका नयाँ कामहरु सबै स्थगित गर्ने सोचमा रहेको निगमले पेट्रोलियम पदार्थ खरिद बापतको आवश्यक रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरुमा निगमलाई अत्यन्त कठिन देखिन्छ ।’
रुस र युक्रेन बीचको तनावका कारणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको निगमको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ
-
आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
