नेप्सेमा दोहोरो अंकको गिरावट, साढे २ अर्बको कारोबार
बुधबार, ०२ चैत २०७८, १५ : ३२

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.६५ अंकले घट्दै २६ सय ३१.३२ अंकमा झरेको हो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.२२ अंकले घटेर ४९७.३७ अंकमा झरेको छ ।
यसदिन होटल तथा पर्यटन समूहको उपसूचक २.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमाको उपसूचक ०.६४ प्रतिशतले र म्युचुअल फन्ड ०.०२ प्रतिशतले बढेको छ । बाँकी अन्य सम्पूर्ण उपसूचक ऋणात्मक भएका छन् ।
१९ अंक माथिले घटेको बजारमा आज २ अर्ब ५७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]