प्रचण्डलाई देखाउँदै नारायणकाजीले भने– एमसीसीको मतभेदबारे अहिले म बोल्दिन
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पार्टीमा रहेको मतभेदबारे अहिले आफुले केही नबोल्ने बताएका छन् । काठमाडौमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा व्यापक बहस हुने भन्दै अहिले नै त्यसबारे आफुले केही नबोल्ने बताएका हुन् ।
‘एमसीसीबारे पार्टीमा मतभेद छ । तर त्यो कुरा म अहिले बोल्दिन’, नेता श्रेष्ठले सँगै बसेका अध्यक्ष प्रचण्डतर्फ देखाउँदै भने, ‘१२ बुँदे व्याख्यासहित अध्यक्षको निर्देशनमा हाम्रो पार्टीले पनि अनुमोदन गर्न सघाएको हो तर किन अनुमोदन गर्यो त्यो कुरा अध्यक्षले नै बताउनुहुन्छ, म बोल्दिन ।’
उनले एमसीसीबारे पार्टीमा मतभेद रहेको कुरा भने सत्य भएको बताए । ‘जेठ २० बाट एमसीसीबारे राष्ट्रव्यापी बहस चलाउँछौ । यो ठिक कि वेठिक भनेर । त्यतिखेर पनि तपाईहरुले टाउको र दिमाग खुला राख्नुहोला’, श्रेष्ठको कार्यकर्तालाई सुझाव छ ।
उनले एमसीसी सम्झौताका बारेमा एक दुईवटा कुरामा पहिलादेखि पार्टीले स्पष्टता हासिल गरेको पनि बताए । ‘त्यो स्पष्टता अहिले पनि कायम छ । त्यो के हो भने एमसीसी सम्झौता अमेरिकाको आर्थिक अनुदान परियोजना मात्रै होइन । यो सम्झौता ट्वीन टावरको घटनापछि अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थलाई ध्यानमा राखेर अमेरिकाको विचार, राजनीति आर्थिक नीति, सामाजिक मान्यतालाई संसारभर अनुदानको रुपमा विस्तारित गर्दै अमेरिकाको सुरक्षा गर्ने भन्ने विशिष्ट प्रकारको परियोजना हो ।’
उनले एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा नीतिको एउटा अंग हो भन्ने सोचेर नै आफुहरुले यथास्थितिमा स्वीकार गर्नुहुँदैन भनेर भन्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण