अन्तर्राष्ट्रिय बक्सिङको छनोट शनिबारदेखि
बुधबार, ०२ चैत २०७८, १४ : ५४
थाइल्यान्डको फुकेटमा हुने थाइल्यान्ड ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेपाल बक्सिङ संघले आयोजना गर्ने प्रतियोगिताको पुरुषमा ३ र महिलामा ४ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
पुरुषमा ४८ केजी, ५४ केजी र ६३ केजी तौलसमूहमा खेल हुने छ । महिलामा ४८ केजी, ५४ केजी ५७ केजी र ६० केजी तौलसमूहमा भिडन्त हुने बक्सिङ संघ प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । तीनदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने छ । थाइल्यान्डको प्रतियोगिता अप्रिल १ देखि १० तारिखसम्म हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)