शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

बुधबार, ०२ चैत २०७८, १४ : ४२
बुधबार, ०२ चैत २०७८

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण जुन २३  देखि २६ (असार (देखि १२ गते)  सम्म आयोजना हुने भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रीत रहेर आयोजना गरिने पाँचौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२ का लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।

महोत्सवमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । गत वर्षदेखि वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत प्रदर्शन हुनेछ । 

स्थापना कालदेखि ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएको चलचित्रहरू यो वर्ष पनि समावेश हुनेछन् । अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डहरूबाट पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरू पनि आयोजना हुनेछन् ।  महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएतापनि साउथ एसियन फिल्म फेस्टिभलहरूको नेटवर्कमा कोसाफको आयोजना भएको थियो । सन् २०२१ को संस्करण भने भर्चुअल रूपमा आयोजना भएको थियो । २०२२ को संस्करण अनलाइन तथा भौतिक रूपमा आयोजना गर्ने आयोजकको तयारी रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप