दैलेख एमालेको अधिवेशन आज, पुनः मतदान जारी
नेकपा एमाले दैलेखको सातौं अधिवेशन अन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएको अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।
बिहान आठ बजे सुरू भएको मतदान कार्यक्रम शान्तिपूर्ण रहेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘मत परिणाम आजै आउने छ ।’
अधिकांश स्थानीय तहबाट भूगोल तर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) संख्या सात सय २१ रहेको छ । अघिल्लो पटकको मतदानमा सात सय १७ मत खसेको थियो । तर, मतपेटिका खोलेर गन्दा सात सय ४८ मत भेटिँदा मतगणना रद्द गरिएको थियो ।
नेकपा एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नम्वर २ बाट सूर्यबहादुर शाही रहेका छन् भने क्षेत्र नम्वर १ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेको अध्यक्ष शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
-
धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ : महासचिव पोखरेल
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, विदेशमन्त्री पनि सवार
-
प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ : सांसद सापकोटा
-
जनसङ्ख्या असन्तुलन मिलाउन सरकारसँग सांसद श्रेष्ठको माग