आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘२ नम्बरी’ मा पल शाहको स्थानमा सौगात

बुधबार, ०२ चैत २०७८, १४ : ०९
बुधबार, ०२ चैत २०७८

फिल्म ‘२ नम्बरी’मा हिरो फेरिएका छन् । फिल्मको मुख्य कलाकार पलको ठाउमा सौगात मल्ल भित्रिएका हुन् । पल नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कारण निर्माण युनिटले उनको ठाउँमा सौगात भित्र्याएको हो । 

२ वर्ष अगाडि शुभ साइत गरेर छायाङ्कन सुरु गर्दा फिल्ममा पल शाह मुख्य भूमिका थिए । तर, फिल्मको छायाङ्कन भइरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । अहिले भने फेरि सुरु हुन लागेको हो । फिल्मका कलाकार पल फेरिएका र एक कलाकार जयनन्द लामाको निधन भएकोले फिल्म सुरुबाटै खिचिने भएको छ ।

दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा दयाहाङ राई, सौगात मल्ल,वर्षा राउत,उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ । आगामी ४ कार्तिकमा फिल्म रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले बताए । फिल्मका निर्माता दीपक मनाङ्गे र अमलादेवी राई हुन् । कार्यकारी निर्माता सरोज नेपाली रहेका छन् । फिल्मको छायाङ्कन १५ चैत्रबाट सुरु हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप