शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

नवलपरासीमा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु

बुधबार, ०२ चैत २०७८, १३ : ५०
बुधबार, ०२ चैत २०७८

नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सूर्यपुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् ।  गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ ।  ४२ जना यात्रु लिएर काठमाण्डौबाट  बुटवलतर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस बिपरित दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग बुधबार बिहान पौने ६ बजे ठोक्किएको थियो । 

दुबै सवारीसाधन सहित चालकहरू जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप