आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पोल्याण्ड, चेक रिपब्लिक र स्लोवेनियाका प्रधानमन्त्री युक्रेन पुगेर के भने ?

बुधबार, ०२ चैत २०७८, १३ : ४४
बुधबार, ०२ चैत २०७८

पोल्याण्ड, चेक रिपब्लिक र स्लावेनियाका प्रधानमन्त्री युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र प्रधानमन्त्रीसँग कुराकानीका लागि युक्रेनको राजधानी किभ पुगे ।

वोलोदिमिर जेलेन्स्कीले रुसी हमलाविरुद्ध समर्थन दिनका लागि यति लामो यात्रा गरेर आएकोमा तीन प्रमुखलाई धन्यवाद दिएका छन् ।

तीनै देशका प्रमुखले राष्ट्रपति जेलेन्स्कीसँग मंगलबार बेलुका भेटघाट गरे । त्यतिबेला किभमा कर्फ्यू पनि सुरु भएको थियो ।

बैठकपछि चेक रिपब्लिकका प्रधानमन्त्रीले युक्रेनका जनतासँग उनीहरु एक्लो नभएको बताए ।

तीनै देशका प्रधानमन्त्री रुसको हमलापछि युक्रेनको यात्रा गर्ने पहिलो पश्चिमी नेता हुन् । उनी रेलबाट यात्रा गर्दै युक्रेन पुगेका थिए ।

चेक रिपब्लिकका प्रधानमन्त्री पेत्र फियालाले युक्रेनका जनताका लागि ट्वीट गरे, ‘हामीलाई थाहा छ कि तपाईंहरुको हाम्रो जीवनका लागि लडिरहनु भएको छ । तपाईंहरु एक्लो हुनुहुन्नँ । हाम्रो देश तपाईंहरुको समर्थनमा छ ।’

पोल्याण्डका प्रधानमन्त्री मातेउश मोराविएतस्कीले युक्रेन गुमाएमा युरोप उस्तै नहुने बताएका छन् । बरु यो हारेको, अपमानित र दयनीय हुने उनले बताए ।

यसबारे राष्ट्रपति जेलेन्स्कीले भने, ‘तपाईंहरु यहाँ आउनु नै युक्रेनका लागि बलियो समर्थन दर्साउँछ ।’

युक्रेनका प्रधानमन्त्री डेनिस शिमेहलले तीनै देशका प्रधानमन्त्रीसँग भएको बैठकको विषयमा ट्वीट गर्दै भने, ‘रुसविरुद्ध कडा प्रतिबन्धबारे कुरा गरियो । यसमा रुसलाई आतंकवादको प्रायोजक मान्नु पनि समावेश छ ।’

चारै देशका प्रमुखको छलफलको दौरान राजधानी किभमा बम बिस्फोटको आवाज पनि सुनियो ।

युक्रेनमाथि रुसको हमला जारी छ र उनीहरुले राजधानी किभमा कब्जाको कोसिस गरिरहेका छन् । यस्तै, दुई देशबीच शान्ति वार्ता पनि चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप