बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ ७४ अर्ब

बुधबार, ०२ चैत २०७८, १३ : १९
बुधबार, ०२ चैत २०७८

आगामी आर्थिक वर्षका लागि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट सिलिङ ७४ अर्व हाराहारी तोकिएको छ । आर्थिक वर्ष २०७९–०८० को बजेटका लागि मन्त्रालयलाई ७४ अर्व ३ करोड ५ लाख नबढ्ने गरी बजेट सिलिङ तोकिएको हो । 

राष्ट्रिय योजना आयोगबाट प्राप्त गरेको ७४ अर्व ३ करोड ५ लाख रुपैयाँ सिलिङभित्र रहेर मन्त्रालय र मातहतका निकाय बजेट निर्धारणका लागि छलफलमा जुटेका छन् । आयोगले  स्वास्थ्य मन्त्रालयका लागि १ अर्व ३१ करोड ८ लाख बराबरको सिलिङ तोकेको छ ।

बाँकी बजेटको सिलिङ विभिन्न ४१ वटा निकाय, अस्पताल, प्रतिष्ठान, महाशाखा, शाखा, स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय प्रयोगशाला लगायतलाई तोकिएको एक अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप