मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

चैत २४ देखि जनकपुरधाममा मिथिला महोत्सव हुने तय

बुधबार, ०२ चैत २०७८, १३ : ०४
बुधबार, ०२ चैत २०७८

मिथिलाको कला, संस्कृति, धार्मिक परम्परा संरक्षण तथा विकासको उद्देश्य सहित जनकपुरधाममा मिथिला महोत्सवको आयोजना हुने भएको छ ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिथिला महोत्सव यही चैत २४ देखि चैत ३० सम्म हुने जानकारी दिइयो । महोत्सवमा कला संस्कृतिको जानकारीसहित नेपाल तथा मिथिला क्षेत्रका चर्चित स्थानीय कलाकार एवं गायक गायिकाहरुको प्रस्तुतिसमेत रहने  आयोजक पवनराज जोशीले बताए । 

महोत्सवमा कला संस्कृतिसँगै मिथिलाको जनजिविकासँगै विभिन्न खाद्यान्नदेखि कला सीपसहितका सामग्रीहरु समेत प्रदर्शनी गरिने छ ।

एक दिनमा चार हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षासहित र प्रवेशका लागि प्रति व्यक्ति ३० रुपैयाँको दरले शुल्क निर्धारण गरिएको अध्यक्ष जोशीले बताए । जनकपुरधामको बाह्र विघा मैदानमा हुने  महोत्सवमा करिब ९४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप