एमालेबाट मुसिकोटको मेयरमा तीन जना आकांक्षी

गुल्मीको मुसिकोट नगरपालिकाबाट आगामी स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर पदको उमेदवारमा तीन जना आकांक्षी देखिएका छन् । सो पार्टीका मुसिकोट नगर कमिटी इन्चार्ज जीवन खरेल, अध्यक्ष प्रकाश काफ्ले र उपमेयर कमला शर्मा मेयर पदको उमेदवारमा आकांक्षी देखिएका हुन् ।
एमालेबाटै विजयी वर्तमान मेयर सोमनाथ सापकोटाले आफू मेयरमा दोहरिन नचाहेको बताए । उपमेयर कमला शर्माले भने मेयरको उमेदवारमा दावी गर्ने बेला आएको बताइन् । ‘पार्टीले टिकट दिए, जनताले मेरो कामको मुल्याङ्कन गरे, अब अगाडि बढ्ने बेला आएन र ? उनले भनिन्, ‘पार्टीले मुल्याङ्कन गरेमा मेयरमा उमेदवार दिने हो । ’
उनी २०४६ साल देखि नै निरन्तर पार्टीमा सक्रिय छन् । मेयरका लागि यस अघिको निर्वाचनमा पनि नेता जीवन खरेलको चर्चा चलेको थियो । २०३६ साल देखि अनवरत एमालेको राजनीतिमा सक्रिय खरेल पार्टी प्रति निष्ठावान र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।
उनले भनिन्, ‘ चुनावी चर्चा चलिरहेको छ । तर अहिले नै उम्मेदवारी घोषणा गर्ने समय आइसकेको छैन् । मैले उम्मेदवारी दिएँ भने सर्वसम्मत साथीहरुले समर्थन गर्नुहुन्छ भन्ने लागेको छ ।’
हाल मुसिकोट नगरपालिका –७ का वडाध्यक्ष प्रकाश काफ्ले युवा पुस्तामा परिचित छन् । काफ्लेले भने, ‘म पार्टी अध्यक्षको जिम्मेवारी अनुसार मैले आफूलाई केन्द्रमा राख्ने भन्दा पनि पार्टीलाई वडा सदस्यदेखि माथिसम्म जिताउने भूमिकामा छु । पार्टीलाई विजयी गराउनका लागि नीति गत निर्णय गरिनेछ । म युवा हुँ । मेरा दिन भोलि पनि आउलान् तथापि पार्टीले मेयरको जिम्मेवारी सम्हाल्नु पर्छ भनेर भन्यो भने मैले त्यो जिम्मेवारी नसम्हाल्ने कुरै छैन । ’
यता वडाध्यक्ष काफ्ले र उपमेयर शर्मालाई मनाएर खरेल आफू उम्मेदवार हुने दाउमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म