शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेबाट मुसिकोटको मेयरमा तीन जना आकांक्षी

बुधबार, ०२ चैत २०७८, १२ : ४९
बुधबार, ०२ चैत २०७८

गुल्मीको मुसिकोट नगरपालिकाबाट आगामी स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर पदको उमेदवारमा तीन जना आकांक्षी देखिएका छन्  । सो पार्टीका मुसिकोट नगर कमिटी इन्चार्ज जीवन खरेल,  अध्यक्ष प्रकाश काफ्ले र उपमेयर कमला शर्मा मेयर पदको उमेदवारमा आकांक्षी  देखिएका हुन् ।

एमालेबाटै विजयी  वर्तमान मेयर सोमनाथ सापकोटाले आफू मेयरमा दोहरिन नचाहेको बताए  ।  उपमेयर कमला शर्माले भने मेयरको उमेदवारमा दावी गर्ने बेला आएको बताइन् । ‘पार्टीले टिकट दिए, जनताले मेरो कामको मुल्याङ्कन गरे, अब अगाडि बढ्ने बेला आएन  र ? उनले भनिन्, ‘पार्टीले मुल्याङ्कन गरेमा मेयरमा उमेदवार दिने हो । ’

   उनी २०४६ साल देखि नै निरन्तर पार्टीमा सक्रिय छन् ।  मेयरका लागि यस अघिको निर्वाचनमा पनि  नेता जीवन खरेलको  चर्चा चलेको थियो । २०३६ साल देखि अनवरत एमालेको राजनीतिमा सक्रिय खरेल पार्टी प्रति निष्ठावान र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।

उनले भनिन्, ‘ चुनावी  चर्चा चलिरहेको छ । तर अहिले नै उम्मेदवारी घोषणा गर्ने  समय आइसकेको छैन् ।  मैले उम्मेदवारी दिएँ भने सर्वसम्मत साथीहरुले समर्थन गर्नुहुन्छ भन्ने लागेको छ ।’

हाल मुसिकोट नगरपालिका –७ का वडाध्यक्ष प्रकाश काफ्ले युवा पुस्तामा परिचित छन् ।  काफ्लेले भने, ‘म पार्टी अध्यक्षको जिम्मेवारी अनुसार मैले आफूलाई केन्द्रमा राख्ने भन्दा पनि पार्टीलाई वडा सदस्यदेखि माथिसम्म जिताउने भूमिकामा छु । पार्टीलाई विजयी गराउनका लागि नीति गत निर्णय गरिनेछ । म  युवा हुँ । मेरा दिन भोलि पनि आउलान् तथापि पार्टीले मेयरको जिम्मेवारी सम्हाल्नु पर्छ भनेर भन्यो भने मैले त्यो जिम्मेवारी नसम्हाल्ने कुरै छैन । ’
यता वडाध्यक्ष काफ्ले र उपमेयर शर्मालाई मनाएर खरेल आफू उम्मेदवार हुने दाउमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप