बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आत्महत्या प्रयास गर्ने युवकको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

बुधबार, ०२ चैत २०७८, १२ : ४३
बुधबार, ०२ चैत २०७८

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो ।

परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका विशेषज्ञ शल्य चिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।

डा.शाहका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने आमाशयमा सिक्री थियो । मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो । आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो । पेटको शल्यक्रिया तथा क्यान्सर सम्बन्धी चिकित्सक डा.शाह, डा.मोहन खड्कासहितको टोलीले बक्कल निकालेर विरामीलाई जोखिममुक्त बनाएको हो ।

बक्कल र सिक्री निकालिएपछि अहिले ती युवाको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप