शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएमा समानान्तर गतिविधि बढेपछि संस्थापन आक्रोशित

बुधबार, ०२ चैत २०७८, १२ : ३७
बुधबार, ०२ चैत २०७८

गैरआवासीय नेपाली संघ विभाजित भएसँगै आफूलाई आधिकारिक देखाउन दुबै पक्षले कसरत बढाएको छ । संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेकै बेला शेष घले पक्षले पनि सोही दिनमा विश्व सम्मेलनको मिति तय गरेको छ । 

यही बीचमा कुमार पन्त नेतृत्वको संस्थापन पक्षले उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा समानान्तर सम्मेलनको आयोजना गरेको भन्दै आक्रोश पोखेका छन् ।  प्रवक्ता डिबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइएको छ ।  संस्थालाई अहित हुने गतिविधिमा संलग्न भए संघको विधान बमोजिम कारवाहीको प्रकृया  अघि बढाइने समेत संस्थापनले चेतावनी दिएको छ ।

 एनआरएनएमा काँग्रेस र कम्युनिस्टमा कित्ताकाट हुँदै संस्था नै विभाजित बनेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप