बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ओरालो लाग्यो सुनको मूल्य

बुधबार, ०२ चैत २०७८, १२ : २५
बुधबार, ०२ चैत २०७८

सुनको मूल्य यो साता ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ तोकिएको थियो । यसैगरी सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको संघले जनायो । 

मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिला दिनको तुलनामा साता चौथो दिन बुधबार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको छ । 

बुधबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ तोकिएको संघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप