आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माइतीघरको आकाशे पुल उद्घाटन

बुधबार, ०२ चैत २०७८, १२ : १८
बुधबार, ०२ चैत २०७८

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुलको उद्घाटन गरेका छन्  । बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माइतीघरस्थित आकाशे पुलको उद्घाटन गरेका हुन् ।  उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८÷९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए । उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएका कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए ।\

मेयर शाक्यले भने, ‘आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष हामीले ८÷९ करोड बजेट विनियोजन गरेका छौँ । त्यसलाई आवश्यक ठाउँ पहिचान गरेर आकाशे पुल निर्माण गर्ने काम भइरहेको छ । धेरै ठाउँमा नीति बनायौँ तर कार्यान्वयनमा अलि समस्या पनि छ । बाटो अवरोध हुने भएकोले आवश्यक ठाउँमा बनाउने भनेर तयार गर्दा पनि बनाउन नसकेको स्थान पनि छन् । र जहाँ जहाँ सम्भव छ, त्यो ठाउँमा बनाउने नीतिअनुसार यो ठाउँ पनि छनोट गर्यौं । सर्वोच्च अदालतमा आउनेहरुको माग धेरै थियो सडक क्रस गर्न धेरै गाह्रो भयो भनेर त्यसैले पनि हामीले यहाँ आकाशे पुलको निर्माण गरेका हौं  । अहिले पनि धेरै ठाउँमा माग आइरहेका छन्, माग सब सम्बोधन गर्न नसकिरहेको अवस्था पनि छ ।’ 

उनले पुल निर्माणका लागि नीति, कार्यक्रम र बजेट पनि भएको तर सडकको पेटी साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या हुने गरेको समेत बताए  । उनले भने, ‘माइतीघरको यो पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा जानेहरूलाई धेरै राहत दिने हामीले महशुस गरेका छौँ । आवश्यक ठाउँमा वडा अध्यक्षले सिफारिस गरेअनुसार बनाउने नीति, कार्यक्रम र बजेट पनि हामीसँग छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप