दही चोरेको निहुँमा दलित बालिकालाई बाँधेर यातना
![दही चोरेको निहुँमा दलित बालिकालाई बाँधेर यातना](https://rpcdn.ratopati.com/media/albums/child_rape_t2VOhITZhW.jpg)
रामेछापको मन्थली नगरपालिका–६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ । दही चोरेको आरोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन् ।
मंगलबार दिउँसो बालिकाको उद्दार गरिएको रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए । फागुन ३० मा दिउँसो साढे ४ बजेबाट बालिकालाई दलानको थाममा बाँधेर श्रेष्ठ परिवारले यातना दिएका हुन् । बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित परिवारले श्रेष्ठविरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको डिएसपी थिङले जानकारी दिए । मन्थली नगरपालिका–६ चिउरीपानीस्थित श्रेष्ठको घरबाट प्रहरीले बालिकालाई उद्दार गरेर सदरमुकाममा ल्याएको थियो ।
घरभित्र पसेर चोरी गरेको आरोपमा श्रेष्ठका परिवारले हात पछाडि बाँधेर शरीर थाममा बाँधेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बन्धक बनाएको थाहा पाएपछि मन्थली–६ का अध्यक्ष गोपाल माझीले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड–ओली भेटबारे मन्त्री शक्ति बस्नेत के भन्छन् ?
-
कमलादीमा एकीकृत समाजवादीको बन्द-सत्र सुरु
-
विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी : सीआईबी
-
बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ
-
भारतमा नयाँ फौजदारी कानुनलाई लिएर कांग्रेसले उठायो गम्भीर प्रश्न
-
देउवा र ओलीबिच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी