रुस–युक्रेन युद्ध : प्रत्येक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य
युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थीको बाढी नै आएको छ । यसको असर युक्रेनी बालबालिकामा पनि परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाईंको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा बालबालिका रहेका छन् । युद्ध सुरु भएपछि प्रत्येक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य भएका छन् । अर्थात् प्रत्येक सेकेन्डमा एक बच्चा शरणार्थी बनेका छन् ।
कयौँ बच्चाहरु आमा र भाइ–बहिनीका साथ कठिन यात्रा गर्न बाध्य भएका छन् । आमा–बुवा आफ्ना छोराछोरीलाई के भएको छ भनेर कसरी सम्झाउने भनेर चिन्तामा परेका छन् ।
केही बच्चालाई उनीहरु बिदा मनाउन घुम्न गइरहेको भनेर सम्झाइएको छ भने कसैलाई उनीहरुको घर सुरक्षित छैन र बुुवालाई देशको रक्षाका लागि सोही ठाउँमा रोकिनुु परेको भनेर बुझाइएको छ ।
रुसी हमलापछि युक्रेनका ४.४ करोड नागरिकमध्ये करिब ३० लाखले देश छोडेका छन् ।
यस्तै शरणार्थी बनेका दुई बालबालिकाको कहानी...
वेरोनिकाका हजुरबुवा–हजुरआमा र पिता युक्रेनमा नै छुटे
९ वर्षकी वेरोनिका लोतोवा जब युक्रेनको डानबास क्षेत्रबाट निस्किएर छिमेकी देश पोल्यान्ड पुुगिन् उनी त्यसतिबेला उनले आफूसँग आफ्नो मनपर्ने टेडी बियर पनि लगेकी थिइन् । वेरोनिका आफ्नो हजुरबा र हजुरआमासँग बसेर एउटा टिभी शो हेर्थिन्, जसमा भालुको चरित्रको नाम वोलोडा हो ।
उनको परिवारले युद्ध सुरु हुनु अघि नै हजुरबुवा र हजुरआमालाई बाहिर निकाल्ने कोशिश गरेको थियो तर उनीहरुले देश छोड्न मानेनन् । वेरोनिकाकी आमालाई उनका हजुरबुवा र हजुरआमा तथा वेरोनिकाका पिता बम हमलामा बाँच्न नसक्लान् कि भन्ने चिन्ता छ ।
डायनाले जन्मदिनको रात शेल्टर होममा बिताउनु पर्यो
सुमी शहरमा बस्ने डायना त्यस दिन ७ वर्ष पुगेकी थिइन, जुन दिन रुसी सैनिकले उनको शहर सुमीमा गोलाबारी सुरु गरेका थिए । डायनाले जन्मदिनको रात शेल्टटर होममा बिताउनु परेको थियो । केही दिनपछि उनी आफ्नी आमा र ११ वर्षकी बहिनीसँग पश्चिमी युक्रेन जानका लागि एउटा रेल चढिन् ।
उनको पिता रुसी हमलामा घाइते भएकाले सँगै आउन सकेका थिएनन् । डायनाले आफ्ना गाला फुलाएर आफूले बनाएको चित्रतिर हेरिरहेकी थिइन् त्यतिबेला उनकी आमा एलोनाको आँखामा आँसु आए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान