बजेट २०७९/८० : अर्थमन्त्रीलाई दुग्ध व्यवसायीका यस्ता सुझाव
आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट छलफल थालेको अर्थ मन्त्रालयलाई दुग्ध व्यवसायीहरूले ११ बुँदे सुझाव दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र मन्त्रालयका अधिकारीहरूलाई नेपाल डेरी एशोसिएसनले दुग्ध क्षेत्र विकास निम्ति विभिन्न सुझाव दिएको हो ।
केही वर्ष अघिसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको दुग्ध तथा दुग्धजन्य पदार्थ आयात हुने गरेकोमा डेरी उद्योगमा निजी क्षेत्रले लगानी बढाएपछि आयात करिब १ अर्ब रुपैयाँमै खुम्चिएको व्यवसायीले दाबी गरेका छन् । तर, भुकम्प र कोरोना महामारीका कारण दुध उत्पादन घटिरहेको उनीहरूले जानकारी गराएका छन् ।
दुध उत्पादन बढाउनका लागि अब लागत घटाउनुपर्ने, दुग्ध क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय दुग्ध विकास बोर्ड र पशु सेवा विकासलाई क्रियाशील बनाउन बजेट छुट्याउन व्यवसायीहरूले सुझाव दिएका छन् । यामअनुसार दुध उत्पादनमा विविधता (कात्तिकदेखि फागुनसम्म बढी र चैतदेखि आश्विनसम्म दुध अपुग) हुने गर्छ । बढी भएको दुधलाई धुलो बनाएर र लामो समयसम्म उपभोग गर्न मिल्ने दुग्धपदार्थ बनाएर राख्ने तथा दुध कम भएको बेला प्रयोग गर्ने गरिएको व्यवसायीहरूको भनाइ छ ।
यसका लागि उद्योगमा चालू पूँजी कम हुँदा ठूलो समस्या हुने गरेको व्यवसायीहरूले जानकारी गराएका छन् । धुलो दुध बनाउँदा प्रति किलोग्राम १६/२१ रुपैयाँसम्म नोक्सानी हुने गरेकोले त्यसको लागि अनुदानको व्यवस्था गर्नुपर्ने, स्वदेशी उद्योगलाई विदेशी आयातित सामानसँग प्रतिस्पर्धा गर्न सहुलियत दरमा सहज रुपले कर्जा लगानी गर्ने व्यवस्था गर्न पनि व्यवसायीहरूले सुझाएका छन् ।
यस्ता छन् व्यवसायीका ११ सुझाव :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा