रुसले गर्यो युरोपेली परिषद त्याग्ने घोषणा
बुधबार, ०२ चैत २०७८, १० : ५८
रुस सरकारले युरोपेली परिषद् (सीओइ) त्याग्ने घोषणा गरेको छ । युक्रेन अतिक्रमणलाई लिएर मस्कोलाई परिषदबाट निस्कासन गर्नुपर्ने आवाज उठिरहेका बेला रुस आफैले परिषद् त्याग्ने घोषणा गरेको हो ।
स्ट्रासबर्गमा रहेको परिषद् त्याग्नुअघि रुसी विदेश मन्त्रालयले त्यसबारे महासचिव मारिजा पेजसिनोभिक बुरिकलाई जानकारी गराएको थियो ।
निर्णयसँगै रुसले परिषदसँगको २५ वर्षदेखिको सम्बन्ध तोडेको छ । युरोप परिषद् छाडेपछि रुसले मानव अधिकारसम्बन्धी युरोपेली सन्धि (ईसीएचआर) मा हस्ताक्षर गर्ने छैन भने रुसी नागरिकहरूले मानव अधिकारसम्बन्धी युरोपेली अदालत (ईसीएचआर) मा पहुँच हुनेछैन ।
युरोपेली परिषद्को इतिहासमा सदस्यता त्याग्ने रुस दोस्रो देश हो । यसअघि सन् १९६० मा ग्रीसले अस्थायी रुपमा परिषदको सदस्यता त्यागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण