आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले जिल्ला अधिवेशन : मतदाताभन्दा मत बढी भेटिएको दैलेखमा आज पुनः मतदान

बुधबार, ०२ चैत २०७८, १० : ०८
बुधबार, ०२ चैत २०७८

नेकपा एमाले दैलेख जिल्ला अन्तर्गत बुधबार पुनः अधिवेशन सुरु भएको छ । गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो । 

एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले बिहान आठ बजेदेखि मतदान सुरु भएको रातोपाटीलाई जानकारी दिए । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली हिजो नै सार्वजनिक भइसकेको थियो ।  ‘सहमतिको आधारमा नेतृत्व टुङ्ग्याउने प्रयास भए पनि हुन सकेन,’ अध्यक्ष शाहले भने,‘ अब निर्वाचनमै जाने कुरा भयो । मतदान मार्फत नै नेतृत्वको टुङ्गो लगाइने भएको छ।’ 

अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन् । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)सङ्ख्या ७२१ रहेको छ । अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटियो । त्यसपछि मतगणना नै रद्द गरिएको थियो । 

एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नं.–२ बाट सूर्यबहादुर शाही छन् भने क्षेत्र नं.–१ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेका छन्।

यी हुन् उम्मेदवारहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप