आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आइसीसी लिग- २  : नेपाल र पीएनजी भिड्दै

बुधबार, ०२ चैत २०७८, ०८ : ०९
बुधबार, ०२ चैत २०७८

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा खेल सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दैछ । नेपालले यस अघि पीएनजीविरुद्ध खेलेको दुबै एकदिवसीय आफ्नो पक्षमा पारेको छ । 

शृंखला अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार बेहोरेको छ । लिग-२ मा नेपालले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा  छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप