आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

भकिम्लीमा ‘बर्थिङ सेन्टर’ बन्ने

बुधबार, ०२ चैत २०७८, ०७ : २६
बुधबार, ०२ चैत २०७८

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो ।

अत्याधुनिक  उपकरणसहितको जिल्लाकै नमूना बर्थिङ सेन्टर बनाउने योजनासहित  नगरपालिकासँग सम्झौता गरिएको बेनी–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले जानकारी दिए ।

“बर्थिङ सेन्टरका बनाउन बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र वानहर्ट वल्डवाईड नामक संस्थाका प्रतिनिधि उपेन्द्र चन्दबीच सम्झौता भएको छ”, उनले भने ।

भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्यचौकीका अन्य सेवा प्रभावित भइरहेका अवस्थामा नयाँ भवन बनेपछि सेवामा थप सहजता हुने जनाइएको छ । 

“भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा दिनुपर्ने बाध्यता थियो, अब सहज हुनेछ”, अध्यक्ष पुनले भने। उनले बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, ‘वेटिङ’मा बस्ने र हलसहितको भवन निर्माण गरिने जानकारी दिए ।

बेनी नगरप्रमुख श्रेष्ठले सुरक्षित प्रसूति सेवाका लागि थप स्रोत साधनको कमी हुन नदिने बताए । भकिम्लीमा प्रसूति लागि दक्ष जनशक्ति भएकाले भवन बनेपछि सहज हुने स्वास्थ्यचौकीले जनाएको छ ।

स्वास्थ्यचौकी जीर्ण हुँदा झरीमा छाता ओढेर उपचार गर्नुपर्ने बाध्यता छ । वनहार्ट वल्डवाइडद्वारा जिल्लामा मातृ तथा नवजात शिशुका लागि सुरक्षा सञ्जाल परियोजना सञ्चालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप