मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

दिनभर साउदी विदेशमन्त्रीको व्यस्तता, दुईपक्षीय सहमतिदेखि भेटवार्तासम्म

मङ्गलबार, ०१ चैत २०७८, २२ : ४६
मङ्गलबार, ०१ चैत २०७८

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ ।  मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।


दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री साउद सोमबार काठमाडौं आइपुगेका हुन् ।  उनले मंगलबारै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । 
दिनभर विदेशमन्त्री साउद काठमाडौंमा निकै व्यस्त रहे । उनको व्यस्तता तस्बिरमा हेरौं ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप