आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

१८ महिनाकी बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन (तस्बिर)

मङ्गलबार, ०१ चैत २०७८, २२ : ३१
मङ्गलबार, ०१ चैत २०७८

१८ महिनाको बालिकालाई बलात्कार गरी हत्या गरेको विरोधमा महिलाहरुले प्रदर्शन गरेका छन् । मंगलबार राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले १८ महिने बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग समेत गरे ।

श्रीमती संगठन नेपालको आयोजनामा भएको सो प्रदर्शनपछि हत्या गरेकी बालिकाको आत्मशान्तिको कामना गर्दै मैनबत्ती समेत बालिएको थियो ।  केहीदिन अघि मोरङ बेलबारी ८ की १८ महिने बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप