दुई अर्बको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘नागरिक बचतपत्र, २०८३ (क)’ निष्कासन गर्न लागिएको हो ।
केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १० प्रतिशत (ब्याजकर लाग्ने) वार्षिक ब्याजदर र पाँचवर्षे समयावधि रहेको बचतपत्र निष्कासन गर्ने जनाएको छ । बचतपत्रमा नेपाली नागरिकले घटीमा रु १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने छ । बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुने र यसको अन्तिम साँवा भुक्तानी आगामी २०८३ चैत ३० गते हुने उल्लेख छ ।
इच्छुक खरिदकर्ताले बचतपत्र खरीद गर्न राष्ट्र बैंकको वेबसाइट प्रयोग गरी अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आफूलाई पायक पर्ने राष्ट्र बैंकबाट बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा समेत अनलाइन आवेदन भर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैकले बचतपत्रको ब्याज खरिदकर्तालाई पायक पर्ने बैंक तथा वित्तीय संस्था, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र केन्द्रीय बैंकका प्रदेशस्थित कार्यालयबाट भुक्तानी लिन सकिने व्यवस्था गरेको जनाएको छ ।
बचतपत्र खरिद गर्न चाहनेले राष्ट्र बैंकले तोके बमोजिम यही चैत १ गते देखि २० गतेसम्म आवेदन दिन सक्ने छन् । चैत ३० गते बचतपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपसभामुख राना र चीनका विदेशमन्त्री वाङ यीबिच भेटवार्ता
-
सन्दीपले अब लाफ्टर फर लाइफ मार्फत हँसाउने
-
मेलमिलापको नाममा वैदेशिक रोजगार पीडितहरूमाथि थप पीडा
-
विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’
-
सुदूरपश्चिममा विपत् व्यवस्थापन तयारी : २ लाख ३३ हजार जनसङ्ख्या प्रभावित हुन सक्ने
-
बागमती सरकारबारे केन्द्रको निर्देशन कुर्दै एमाले