युक्रेनले भन्यो- रूसीसँग पुनः शान्ति वार्तामा सुरु भयो
मङ्गलबार, ०१ चैत २०७८, २१ : २०
![युक्रेनले भन्यो- रूसीसँग पुनः शान्ति वार्तामा सुरु भयो](https://rpcdn.ratopati.com/media/albums/Russia_ukraine_6gyGQbMEUy.webp)
युक्रेनी र रूसी प्रतिनिधिमण्डलबीच मंगलबार पुनः शान्ति वार्ता सुरू भएको छ । स्थानीय सञ्चारमाध्यम ‘यूक्वेन्स्का प्रभा’ले युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड आराखामियालाई उद्धृत गर्दै शान्ति वार्ता सुरू भएको खबर उल्लेख गरेको हो ।
“वार्ता सुरू भइसकेको छ,” थप विवरण नदिइकन अराखामियाले भने । युक्रेनी र रूसी प्रतिनिधिमण्डलहरूले सोमबार भिडियो लिङ्क मार्फत् आफ्नो छलफलको चौथो चरण सुरु गरेका उनले बताए ।
प्रतिनिधिमण्डलका सदस्य पनि रहेका युक्रेनी राष्ट्रपति सल्लाहकार माइखाइलो पोडोल्याकले भने, “दुवै पक्षले ‘काम गर्ने उपसमूह’ निर्माण गर्न र थप परिभाषाको स्पष्टीकरणका लागि मंगलबारसम्म वार्तालाई प्राविधिक रूपमा रोकिएको हो । वार्ताले निरन्तरता पाउनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
-
पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !
-
बक्स अफिसमा 'पुष्पा-२' को आँधी, कति पुग्यो कलेक्सन ?