समाजमा होलीका प्रवृत्ति कायमै : प्रभु साह
मङ्गलबार, ०१ चैत २०७८, २१ : ०६

पूर्वमन्त्री प्रभु साहले राक्षसरूपी होलिकाको अन्त्य भएपनि विद्यमान समाजमा होलीका प्रवृत्ति कायमै रहेको टिप्पणी गरेका छन् । गृहजिल्ला रौतहटको संसदीय निर्वाचन क्षेत्र ३ अन्तर्गत मंगलबार कटहरियामा आयोजित होली मिलन समारोहमा सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता साहले ‘होलीका’ प्रवृत्तिले समाजमा सही पक्षको विकासमा जटिलता उत्पन्न भइरहेको बताएका हुन् ।
उनले होलीका प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता सहित समाजमा न्याय, विकास र बदलावलाई अगाडि बढाउने सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । साहले हिन्दूहरूले मनाउने होली एकता, सद्भाव र उमङ्गको पर्व रहेको बताए ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । कार्यक्रमका साहले नवप्रवेशीहरुलाई माला र टीका लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास