गुल्मीमा एक हप्तामा बलात्कारका तीन उजुरी

गुल्मी जिल्लामा फागुन महिनाको एक हप्तामा बाल यौन दुराचारसहित तीनवटा बलात्कार उजुरी दर्ता भएका छन् । गत फागुन १०, ११ र १८ गते बलात्कारजन्य तीनवटा उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
उनका अनुसार फागुन १० गते किशोरीमाथि बलात्कार आरोपी युवा फरार रहेकोले प्रहरीले उनको नाम गोप्य राखेको छ । फागुन ११ गते मानव बेचबिखन तथा बलात्कार मुद्दा र फागुन १८ गते दर्ता भएको बलात्कार मुद्दाका दुवै आरोपी पुरुष पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।
छत्रकोट गाउँपालिका–१ पल्लिकोटका २३ वर्षीय राजकुमार नेपालीले स्थानीय १६ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाइ भारतको दिल्लीमा पुर्याएका थिए । भारतबाट परिवारले किशोरीलाई फर्काइ प्रहरीमा उनीविरुद्ध मानव बेचबिखन तथा बलात्कार मुद्दा दर्ता गरेका हुन् ।
डिएसपी खरेलकाअनुसार फागुन १८ गते दिउँसो गुल्मी दरबार गाउँपालिका ६ का ३८ वर्षीय खिमबहादुर विकले १३ वर्षीया बालिकालाई यौन दुराचार गरेका थिए । साउन १ गते देखि हाल सम्म ११ वटा बलात्कारका उजुरी दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार