ललितपुर मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
दोस्रो ललितपुर महानगरपालिका ‘मेयर कप राष्टिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८’ सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराँते संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरूबाट २०० खेलाडी सहभागी थिए ।
ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुला तौल समूहमा रूपक नेपाली प्रथम र सनि सिंह द्वितीय भए । महिला खुला तौल समूहमा मञ्जु विक प्रथम भइन्‌ । महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम भइन् भने पुरुषतर्फ सोही तौल समूहमा ओम तामाङ प्रथम भए । पुरुष ६० केजीतर्फ हितेश रानामगर प्रथम भए भने संजयकुमार गुप्ता द्वितीय भए ।
पुरुष ५५ केजी तौल समूहमा रोशन गोतामे र महिला ५० केजी तौल समूहमा एकता कुमाल द्वितीय भए । महिला ५५ केजी तौल समूहमा वन्दना तामाङ द्वितीय भइन्‌ भने महिला खुला तौल समूहमा सुस्मिता सुनुवार द्वितीय भइन्‌ ।
प्रथम भएका खेलाडीले १५ हजार रुपैयाँ र शिल, द्वितीय हुनेले खेलाडीले १० हजार रुपैयाँ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पुरस्कार वितरण क्रममा ५० हजार रुपैयाँ राशीको स्व. रामजीप्रसाद बज्राचार्य स्मृति पुरस्कार पनि वितरण गरियो । प्रथम हुने महिला तथा पुरुष ६ जनाबाट गोलाप्रथामार्फत वितरण गरिएकोमा आर्मीको शान्ति थापामगर प्राप्त गरिन्‌ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबिच सम्झौता
-
राष्ट्रपतिलाई उपराष्ट्रपतिले धम्की दिएपछि...
-
सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा कायमै
-
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्नुपर्छ : मन्त्री राणा
-
नेपाल प्रिमियर लिगका खेलहरू युट्युबमा एक्सन स्पोर्ट्समार्फत हेर्न सकिने
-
गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न