बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

मङ्गलबार, ०१ चैत २०७८, २० : ४७
मङ्गलबार, ०१ चैत २०७८

दोस्रो ललितपुर महानगरपालिका ‘मेयर कप राष्टिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८’ सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराँते संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरूबाट २०० खेलाडी सहभागी थिए ।

ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुला तौल समूहमा रूपक नेपाली प्रथम र सनि सिंह द्वितीय भए । महिला खुला तौल समूहमा मञ्जु विक प्रथम भइन्‌ । महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम भइन् भने पुरुषतर्फ सोही तौल समूहमा ओम तामाङ प्रथम भए । पुरुष ६० केजीतर्फ हितेश रानामगर प्रथम भए भने संजयकुमार गुप्ता द्वितीय भए ।

पुरुष ५५ केजी तौल समूहमा रोशन गोतामे र महिला ५० केजी तौल समूहमा एकता कुमाल द्वितीय भए । महिला ५५ केजी तौल समूहमा वन्दना तामाङ द्वितीय भइन्‌ भने महिला खुला तौल समूहमा सुस्मिता सुनुवार द्वितीय भइन्‌ ।

प्रथम भएका खेलाडीले १५ हजार रुपैयाँ र शिल, द्वितीय हुनेले खेलाडीले १० हजार रुपैयाँ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पुरस्कार वितरण क्रममा ५० हजार रुपैयाँ राशीको स्व. रामजीप्रसाद बज्राचार्य स्मृति पुरस्कार पनि वितरण गरियो । प्रथम हुने महिला तथा पुरुष ६ जनाबाट गोलाप्रथामार्फत वितरण गरिएकोमा आर्मीको शान्ति थापामगर प्राप्त गरिन्‌ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप