आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सहभागी नभए वाम गठबन्धन हुनसक्छ : मन्त्री खतिवडा

मङ्गलबार, ०१ चैत २०७८, २० : ३७
मङ्गलबार, ०१ चैत २०७८

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् । गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे ।

“अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो”, उनले भने, “यदि काँग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ ।” एमालेसँग भने गठबन्धन हुन नसक्ने मन्त्री खतिवडाले उल्लेख गरे ।

देशको राजनीतिक आवश्यकताले काँग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरुको जोड रहेको बताए । “एकीकृत समाजवादी  वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छ”, मन्त्री खतिवडाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप