बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

देशको भविष्य अब युवाहरूको काँधमा : मन्त्री थापा

मङ्गलबार, ०१ चैत २०७८, २० : ०२
मङ्गलबार, ०१ चैत २०७८

गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रूपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उद्घाटन गर्दै उनले देशको भविष्य अब युवाहरूको काँधमा रहेको उल्लेख गरे । 

‘देशको भविष्य अब युवाहरूको काँधमा छ’, उनले भने, ‘तपाईँहरूको भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारीरिक एवम् मानसिक स्वस्थताका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गरे । खेलाडी देश परिवर्तनका संवाहक हुन भन्दै उनले खेलकुदका क्षेत्रमा सम्भावना समेत बढ्दै गएको बताए । गण्डकी सरकारले पनि खेललाई महत्त्वपूर्ण विषयको रूपमा हेरेको भनाई उनको छ । मन्त्री थापाले गण्डकी विश्वविद्यालय गठन गरेको र विश्वविद्यालयमा खेलकुदका विषयमा समेत पढाई हुने जानकारी गराए । 

उनले खेलमैदान निर्माण देखि खेलाडीलाई प्रोत्साहन गर्ने सम्मका क्रियाकलापमा गण्डकी सरकार प्रतिबद्ध रहेको बताए साथै सुदृढ काँग्रेस निर्माणका लागि भातृसंगठनले खेल्ने भूमिका महत्त्वपूर्ण हुने जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप