आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका कानुन मन्त्रीको सम्पत्ति : एक हल गोरु, १२ वटा बाख्रा !

मङ्गलबार, ०१ चैत २०७८, १९ : ३७
मङ्गलबार, ०१ चैत २०७८

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार उनी सबैभन्दा गरिब मन्त्रीको सूचीमा छन् ।

उनीसँग सम्पत्तिको नाममा एक हल गोरु र १२ वटा बाख्रा रहेको उल्लेख गरेका छन् । त्यस्तै दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –४ तिलुखाना निवासी शाहीसँग पुर्ख्यौली घर मात्र रहेको उल्लेख गरेका छन् । उक्त घर ३५ वर्ग मिटर क्षेत्रफलमा रहेको छ। 

साथै उनीसँग चल सम्पत्ति अन्तर्गत जम्मा तीन तोला सुन सुन रहेको छ । उक्त सुन ०५२ सालदेखि ०७० सालसम्म जोडेको उल्लेख गरेका छन् । अन्य सम्पत्तिको नाममा दैनिक प्रयोग हुने कपडा बाहेक अरू केही नरहेको मन्त्री शाहीले बताएका छन् । उनी अघिल्लो महिनाको तेस्रो साता मन्त्री बनेका  हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप