स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई
नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई छुट्टाछुट्टै दिएको एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउनेछ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ । यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले टुंगो लगाउने गुरुङले बताए ।
उनका अनुसार चैत ९ र १० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । यस्तै चैत ७ गते पोलिटब्युरोको र १३ गते स्थायी कमिटीको बैठक बस्ने उनले जानकारी दिए । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा