भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता
मङ्गलबार, ०१ चैत २०७८, १८ : ५०
भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य भएको छ । इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रम भएको थियो । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए ।
त्यस्तै, कार्यक्रममा इन्स्योरेन्सका प्रमुख खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी अपरिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने बताए । साथै, कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्रराज दाहालले बीमाको अपरिहार्यताको बारेमा बोल्दै बीमा गर्ने समयमा पर्याप्त छलफल गर्न सकेमा पछि दाबीको अवस्थामा समस्या नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो ट्विटरको डोमेन नाम
-
युरिक एसिड बढेपछि खान हुन्न प्रोटिनयुक्त खाना ?
-
अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व