सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आसन्न निर्वाचनमा काँग्रेसका लागि आन्तरिक गठबन्धन मुख्य जरुरत : नैनसिंह महर

सोमबार, २९ कात्तिक २०७८, १० : ००
सोमबार, २९ कात्तिक २०७८

नेपाली काँग्रेसका नेता नैनसिंह महरले आसन्न चुनावमा परिणाम हासिल गर्न पार्टीभित्रै आन्तरिक गठबन्धन आवश्यकता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित काँग्रेसको भ्रातृ संस्था नेपाल दलितसँगको बागमती प्रदेश अधिवेशनमा महरले आन्तरिक पार्टी गठबन्धनभन्दा आन्तरिक गठबन्धन प्रथम कुरा भएको बताए । 

‘हामी निर्वाचनको पूर्वसन्ध्यामा छौं । अन्तरपार्टी गठबन्धन कुनै सिद्धान्त होइन, आवश्यकता हो,’ उनले भने, ‘त्यो भन्दा पनि आफ्नै पार्टीभित्र संवाद, सहकार्य र एकता गर्न जरुरत छ ।’

काँग्रेसले १४ औं महाधिवेशन सम्पन्न गरेको भन्दै महाधिवेशनको प्रतिस्पर्धाबाट उत्पन्न कटुता छोडेर एकताका साथ निर्वाचनमा जानुपर्ने महरले बताए । ‘महाधिवेशनको प्रतिस्पर्धाबाट उत्पन्न कटुता छोडेर आफैभित्र आन्तरिक गठबन्धन गर्न जरुरत छ । हामीले एक महिने अभियानमा हामीले हाम्रो मन जोड्नुपर्छ र जनताको मन जित्नुपर्छ ,’ उनले भने ।

‘गाउँ गाउँ जाऔं काँग्रेस चिताऔँ’ अभियानका नेता कार्यकर्तामा उत्साह छाएको महरको भनाइ छ । यस्तै उनले ०७ सालदेखि काँग्रेसको नेतृत्व राजनीति र सामाजिक आन्दोलन भएको बताए । 

महरले भने, ‘०१५ सालमा संविधान र विधानमा लेखिएको नभएपनि बिपी कोइरालाले सबैलाई सँग सँगै लगेर मात्र नेपाल विकास हुन्छ ठान्नुभयो । समावेशी चरित्रको आफ्नो मन्त्रिमण्डल बनाउनुभयो ।’

काँग्रेसका वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा काँग्रेसले समावेशीतालाई ध्यानमा राखेर कदमजमको सिद्धान्त अगाडि सारको महरले स्मरण गराए ।

उनका अनुसार काँग्रेसको समावेशी विधान बनेपछि समावेशी संविधान बनेको थियो । ‘काँग्रेस बाहेका पार्टीले मुद्दाको उठान गर्छन् तर कार्यान्वयन गर्न सक्दैनन् । कार्यान्वयन गर्ने काँग्रेसले मात्र हो । काँग्रेसको चरित्र नै समावेशी छ,’ उनले भने । 

१३ प्रतिशत दलित समूदायको सहभागितालाई योग्यता अनुसार बढाएर लैजानुपर्ने उनको भनाइ छ । तीन तहको चुनावमा समावेशी गराएर जाँदा काँग्रेसले बलशाली हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप