बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एआईजी बढुवा सिफारिस समितिको बैठक जारी

मङ्गलबार, ०१ चैत २०७८, १० : ००
मङ्गलबार, ०१ चैत २०७८

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस समितीको बैठक बसिरहेको छ । गृह मन्त्रालयमा मन्त्रालयका सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितीको बैठक बसिरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयको सचिव बढुवा समितीको सदस्य र आईजीपी सदस्य सचिव हुन्छन् । समितीले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्विकृत गर्नुपर्छ ।

अहिले प्रहरीमा ५ जना एआईजी छन् । ३ जनालाई बढुवा गरेसँगै एआईको संख्या ८ पुग्नेछ । बढुवा हुने एआईजीहरुलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रिय अनुसन्धान ब्यूरोमा पदस्थापन गरिने छ । अहिले मानवस्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ एआईजी राख्ने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप