बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसलाई दिइने सैन्य सहयोगमा अल्झिए चीन–अमेरिका

मङ्गलबार, ०१ चैत २०७८, १८ : १४
मङ्गलबार, ०१ चैत २०७८

रुसले चीनसँग सैन्य सहयोग मागेपछि अमेरिका र चीन एक आपसमा उल्झिएका छन् । यद्यपि रुसले चीनसँग कुनै सैन्य सहयोग नमागेको र युक्रेनमा अभियान चलाउन स्वयं सक्षम रहेको जनाएको हो । तर रुसको पक्षमा देखा पर्नु अगाडि अमेरिका र चीनबीच यो विषयमा बयान बाजी सुरु भएको छ ।

अमेरिकाले युक्रेन–रुस युद्धमा रुसको सहयोगलाई लिएर चीनलाई कडा चेतावनी दिएको छ । यस विषयमा ग्लोबल टाइम्सका पूर्व सम्पादकले अमेरिकालाई नै सल्लाह दिएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्समा चीनसँग सैन्य र आर्थिक सहयोग मागेको समाचार प्रकाशित भएको थियो । रुसले चीनलाई सैन्य सहयोग मागिरहेको छ । यो मामिलामा चीनले रुसलाई सहयोग गर्न सक्ने अनुमान पनि लगाइएको थियो । तर, चीनले रुसलाई सहयोग गर्ने विषयलाई लिएर अमेरिकाले चेतावनी दिएको थियो । अमेरिकाको चेतावनीको चीनले जवाफ फर्किएको छ ।  

के हो अवस्था ?
रुसले हमला गरेदेखि नै चीनलाई सहयोगका लागि अनुरोध गरिरहेको फाइनान्सियल टाइम्सले एक अमेरिकी अधिकारीलाई   हवाला दिँदै लेखेको थियो । तर रुसले कस्तो खालको उपकरणको माग गरिरहेको छ भन्ने विषयमा अधिकारीले बताएका छैनन् । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार रुसमाथि लागेको आर्थिक प्रतिबन्धको प्रभाव कम गर्न आर्थिक सहयोग मागिरहेको छ । युक्रेनमा रुसको हमलापछि पश्चिमी देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । जसले गर्दा रुसले ठूलो आर्थिक नोक्सानीको सामना गर्नु परिरहेको छ । केही वर्षदेखि रुस र चीनको सम्बन्ध राम्रो रहेको छ । उनीहरुले आफूलाई पश्चिमा देशले निशाना बनाइरहेको आरोप लगाउँदै आएका छन् । रुस र युक्रेनको मामिलामा संयुक्त राष्ट्र संघको  भोटिङमा पनि चीन उपस्थित भएको थियो । रुसी हमलाको विषयमा चीनले आफूलाई तटस्थ देखाउने कोशिश गरिरहेको छ भने हमलाको कुनै प्रतिक्रिया पनि दिएको  छैन ।  

अमेरिकी चेतावनी
अमेरिकाले रुसलाई सहयोग गर्ने विषयमा चीनलाई चेतावनी दिएको छ । रुसले युक्रेनमा गरिरहेको हमलामा चीनले सहयोग गरे नराम्रो परिणाम भोग्नुपर्ने अमेरिकाले चेतावनी दिएको छ । यो विषयमा अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चिनियाँ विदेश नीतिका अधिकारी याङ जिएसेसँग भेटवार्ता पनि गरिसकेका छन् । एनबीसीसँग आइतबार कुरा गर्दै सुलिभानले अमेरिका रुसको आर्थिक नोक्सानीको पूर्ति नगर्न भनेका छन् । 

चीनको जवाफ
चीनले आधिकारिक रुपमा यो विषयमा स्पष्ट केही नबोले पनि ग्लोबल टाइम्सका पूर्व सम्पादकले अमेरिकालाई सुझाव दिएका छन् । रिपोर्टमा चिनियाँ दूतावासका एक प्रवक्ताले चीनको उद्देश्य युक्रेनमाथिको युद्धलाई नियन्त्रण बाहिर जान नदिनु रहेको बताएका थिए । युक्रेनको अवस्था वास्तवमै चिन्ताजनक रहेको प्रवक्ता लियू पेग्यूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । सबैभन्दा ठूलो प्राथमिकता तनावपूर्ण स्थितिलाई थप बिग्रनबाट  वा अनियन्त्रित हुनबाट रोक्नु रहेको छ । चीनको सरकारी मीडिया ग्लोबल टाइम्सका पूर्व सम्पादक हु शीजिनले फाइनान्शीयल टाइम्सको समाचारप्रति ट्वीट गर्दै लेखेका छन्,‘मलाई लाग्छ कि चीन र अमेरिका एक सहमतीमा पुग्नु आवश्यक छ । सबै देशले रुस–युक्रेन संकटमा कसैको पनि पक्षमा सहायता दिनु हुन्न । उनीहरुलाई केवल मानविय सहयोगको अनुमती दिनु आवश्यक छ ।’

रुसी हमलापछि अमेरिका, फ्रान्स र बेलायत जस्ता देशले लगातार युक्रेनलाई सैन्य सहयोग दिइरहेका छन् । युक्रेनलाई हतियार र अन्य सैन्य उपकरण उपलव्ध गराउँदै आएका छन् । यसैगरी युक्रेनमा १९ औं दिनमा पनि युद्ध जारी छ । रुसले युक्रेनका कयौं क्षेत्रमा कब्जा गरिसकेको छ भने राजधानी किभमा लडाइ चलिरहेको छ । यसैबीच दुवै देशबीच छलफल पनि चलिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप