धनुषा एमालेको बन्द सत्र सुरु , प्रतिनिधिहरुको विरोध
धनुषा एमालेको बन्द सत्र सुरु भएको छ । बन्द सत्र सुरु भएलगत्तै नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले आर्थिक तथा राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । तर उक्त प्रतिवेदनको प्रतिनिधिहरुले विरोध गरेका छन् । आर्थिक प्रतिवेदनमा व्यापकरुपमा अनियमितता भएको, जथाभावी खर्च विवरण प्रस्तुत गरिएको भन्दै प्रतिनिधिहरुले अध्यक्ष यादवको प्रतिवेदनको विरोध गरेका हुन् ।
एक प्रतिनिधिका अनुसार आर्थिक प्रतिवेदनमा आयव्ययको स्रोत नखुलाएको र जथाभावी खर्चहरू उल्लेख गरेकाले प्रतिनिधिहरुले विरोध गरेका हुन् । बन्द सत्रमा नेतृत्व चयनका विषयमा पनि आवाज उठेको रामप्रबोध राउतले जानकारी दिए । उनका अनुसार आर्थिक अनियमितता गर्ने नेतृत्वमाथि पुनः विश्वास नभएकाले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउन प्रतिनिधिहरुले माग गरेका छन् ।
सोमबारदेखि सुरु भएको एमाले सातौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि मंगलबार विहान ८ बजेदेखि बन्द सत्र सुरु गर्ने र नयाँ नेतृत्व चयन गर्ने भनिएपनि करिब ४ बजेबाट बन्द सत्र सुरु गरिएको छ । बन्द सत्र अघि नेताहरुको बैठक बसेको थियो । बैठकमा एमाले धनुषाको अध्यक्षमा वर्तमान अध्यक्ष राजकिशोर यादव, वर्तमान सचिव तेजनारायण यादव, अक्षयलाल महतो र लक्ष्मी यादवले दावी गरेका थिए ।
आकांक्षीले अडान नछाडेपछि एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, केन्द्रीय सदस्य रामचन्द्र मण्डल, संजिव झा सुरजलगायतका नेताहरुले सहमतिका लागि प्रयास गरेका थिए । सर्वसम्मत नेतृत्व चयनका लागि सहमति भएसँगै बन्द सत्र सुरु गरिएको इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण