धनुषा एमालेको बन्द सत्र सुरु , प्रतिनिधिहरुको विरोध

धनुषा एमालेको बन्द सत्र सुरु भएको छ । बन्द सत्र सुरु भएलगत्तै नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले आर्थिक तथा राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । तर उक्त प्रतिवेदनको प्रतिनिधिहरुले विरोध गरेका छन् । आर्थिक प्रतिवेदनमा व्यापकरुपमा अनियमितता भएको, जथाभावी खर्च विवरण प्रस्तुत गरिएको भन्दै प्रतिनिधिहरुले अध्यक्ष यादवको प्रतिवेदनको विरोध गरेका हुन् ।
एक प्रतिनिधिका अनुसार आर्थिक प्रतिवेदनमा आयव्ययको स्रोत नखुलाएको र जथाभावी खर्चहरू उल्लेख गरेकाले प्रतिनिधिहरुले विरोध गरेका हुन् । बन्द सत्रमा नेतृत्व चयनका विषयमा पनि आवाज उठेको रामप्रबोध राउतले जानकारी दिए । उनका अनुसार आर्थिक अनियमितता गर्ने नेतृत्वमाथि पुनः विश्वास नभएकाले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउन प्रतिनिधिहरुले माग गरेका छन् ।
सोमबारदेखि सुरु भएको एमाले सातौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि मंगलबार विहान ८ बजेदेखि बन्द सत्र सुरु गर्ने र नयाँ नेतृत्व चयन गर्ने भनिएपनि करिब ४ बजेबाट बन्द सत्र सुरु गरिएको छ । बन्द सत्र अघि नेताहरुको बैठक बसेको थियो । बैठकमा एमाले धनुषाको अध्यक्षमा वर्तमान अध्यक्ष राजकिशोर यादव, वर्तमान सचिव तेजनारायण यादव, अक्षयलाल महतो र लक्ष्मी यादवले दावी गरेका थिए ।
आकांक्षीले अडान नछाडेपछि एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, केन्द्रीय सदस्य रामचन्द्र मण्डल, संजिव झा सुरजलगायतका नेताहरुले सहमतिका लागि प्रयास गरेका थिए । सर्वसम्मत नेतृत्व चयनका लागि सहमति भएसँगै बन्द सत्र सुरु गरिएको इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ
-
नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको गृह मन्त्रालयले जारी गर्यो सर्कुलर
-
कवाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
-
विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय
-
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
-
पञ्च महाभूत, दिशा र वास्तु