मन्त्रिपरिषद निर्णय : संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
मङ्गलबार, ०१ चैत २०७८, १० : ००

सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार आज राती १२ बजेबाट लागू हुनेगरी मन्त्रिपरिषदले उक्त सिफारिस गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । गत भदौ २३ मा सुरु भएको संसदको दशौं अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुँदै आएको छ ।
संसदको दशौं अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन हुनुका साथै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा
-
ट्रम्प ट्यारिफले तेलको भाउ घट्यो, पुटिनमाथि बढ्यो दबाब
-
लागुऔषध ट्रामाडोलसहित नागढुंगाबाट एकजना पक्राउ
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापनाको ३२ वर्षपछि आफ्नै भवनमा
-
पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा फर्किने कार्य उपयुक्त होइन : माधव नेपाल
-
सर्लाहीमा दलित – गैरदलितको सहकार्यमा सीताराम महायज्ञ