बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा व्यवसाय विस्तार गर्दै ‘किड्जी’

मङ्गलबार, ०१ चैत २०७८, १७ : २१
मङ्गलबार, ०१ चैत २०७८

भारतमा बजार विस्तार गरिरहेको किड्जीले नेपालमा पनि व्यवसाय बढाउँदै लगेको छ । प्रि-स्कुल (प्रारम्भिक हेरचाह र शिक्षा केन्द्र)का रूपमा स्थापना भएको किड्जीले नेपालमा व्यवसाय बढाउँदै लगेको हो ।

किड्जीले भारतका ७५० भन्दा बढी शहरमा व्यवसाय विस्तार गरिसकेको छ भने नेपालका ४ शहरमा पनि विस्तार भएको छ । कम्पनीले बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध रहेको र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित रहेको जनाएको छ ।

वर्षौंको समर्पित अनुसन्धानपछि किड्जीले बाल विकास र शिक्षा क्षेत्रमा आफ्नै मापदण्ड स्थापित गरेको जनाएको छ । भारतको विश्वविद्यालयले प्रमाणित गरेको पूर्वस्कुल पाठ्यक्रमको स्वामित्व समेत रहेको जानकारी दिएको छ ।

किड्जीले नेपालमा सन् २०२२ मा दुई नयाँ सेवा सञ्चालन गर्दैछ । लर्न विथ किड्जी नारासहित सेवा विस्तार गरिरहेको कम्पनीले काठमाडौंको मैतीदेवी, कलंकी, बौद्ध, बानेश्वर, सानेपा, सातदोबाटोमा सेवा सञ्चालन गरिरहेको छ । यस्तै विराटनगर, धरान र चितवनमा समेत किड्जीले सेवा सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप